काठमाण्डौ   ।    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा आज बिद्यमान समस्या  रहेको बताए ।

शुक्रबार काठमांडूमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलामा  बोल्दै उनले यस्तो  बताए । उनले भने यो विषय संसदमा पनिबृहत छलफलको विषय हो।

OM Sai Pathibhara Hospital

यस बिषयमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानुनले व्यवस्था गरेको रूपमा  नसमेटिएकालाई कसरी नागरिकता दिने भन्ने बारे कार्यदल नै बनाइ काम गरिरहेको जानकारी दिए । उनले कार्यदलले प्रतिवेदन दिइ सकेपछि सरकारले चाँडै कानुन बनाइ संसदमा छलफल हुने अपेक्षा गरे।

यौनिक, अल्पसङ्ख्यक रुपमा रहेका समुदायहरुलाई मानवको रुपमा व्यवहार नगर्ने किसिमको परिपाटी रहेको भन्दै यसमा राजनीतिक क्षेत्रबाट मुलतः अभियानबाट लक्षीत बर्गसम्म कार्यक्रम लैजाने र उनीहरुको अवस्था, चिन्तन, चेतनालाई विकास गर्ने काममा लाग्न आग्रह गरेका छन ।

बोल्न नसक्ने बालबालिका र किशोरकिशोरीहरुका समस्या समाधान गर्न उनीहरुका समस्या दोभाषेका माध्यमबाटहल गर्नुपर्ने उनको भनाइ छ । भौतिक संरचना निर्माण गर्दा हिँड्न नसक्नेहरुका लागि तदअनुकूल वातावरणयुक्त भौतिक संरचना निर्माण गर्नु पर्ने र  कानुनी ब्यबस्था भइरहेको पनि बताए ।

सभामुख घिमिरेले सबै प्रकृतिका बालबालिकाहरुलाई राष्ट्रिय गौरवको रुपबाट अगाडि बढ़ाउनका लागि चाहिने आबश्यक सबै प्रवन्ध मिलाउन राज्यमा सुशासन र राज्य आर्थिक रुपबाट बलियो हुन जरुरी रहेको बताए।