चितवन  ।    जाडो शुरु भएसँगै जाडो मनाउन विभिन्न देशका पंक्षी चितवन आउन थालेका छन् ।   चितवनका तीन नदीमा कम्बोडिया, चीन, साइबेरिया, रुसलगायत देशका चराचुरुङ्गी यहाँ आउने गर्दछ ।

नेपालका पक्षी अनुसन्धानबिदका  अनुसार राप्ती, नारायणी र रिउ नदीमा ४० भन्दा बढी प्रजातिका चराहरु बाहिरबाट आएका छन र आउने क्रम बढ़ेको बताएका छन ।   उनिहरु भन्छन , ‘अहिले स्थानीय नदहरुका किनारमा  पर्यटकहरु आउने क्रम पनि बढ़ेको छ ।   यससँगै चरा हेर्न पर्यटकहरु पनि आउने गरेका छन् ।

OM Sai Pathibhara Hospital

चखेवा, जलेवा , कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु यहाँ आएको उनले बताए ।   उनका अनुसार नेपाल आउने पर्यटकमध्ये चार प्रतिशत चरा हेर्न आउँछन् ।

 यस मौषममा विभिन्न देशमा जाडो बढ्दै जाँदा, हिउँ पर्न थालेपछि र नदीहरू हिउँले ढाकिन थाले पछि चराहरू आहाराको खोजीमा आउने गरेको उनिहरु बताउछन ।यस बेला यहाँ १५० देखि १६० प्रजातिका चार प्रजाति आउने गरेको उनीहरु भन्छन ।   अनुसन्धानबिदहरुले भने, ‘अहिले आएका चराले बच्चा काटदैनन् ।   "यी चराहरू गर्मीको सुरुवातसँगै फर्कने गर्दछन्।"   तराईको कोशी किनारदेखि कर्णालीसम्म पानीमा आश्रित पंक्षी नेपाल आउने गरेको उनिहरु बताउछन ।

अहिले हाँस प्रजातिका चराहरु आएका छन् र अन्य चराहरु पनि आउने क्रम जारी रहेको उनिहरुले बताए l