काठमाडौं— काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सुरू गरेको छ। इन्द्रचोक,जुद्ध शालिकलगायत फुटपाथ बढाएका क्षेत्रमा  महानगरले पोल र तारहरू हटाउन सुरू गरेको हो। 

लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ। फुटपाथ बढाइएका क्षेत्रमा विधुतका तार र केबल भूमिगत गरिएको महानगरले जनाएको छ। विद्युत र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो।

OM Sai Pathibhara Hospital

महानगरबाट खटिएका कर्मचारीहरूले न्युरोड क्षेत्रमा बिजुलीका पोल हटाउन धमाधम काम गरिरहेका छन्। 

महानगरको सौन्दर्य बढाउन तथा आगजानीका घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले न्युरोडको फुटपाथमा रहेका बिजुलीका तारहरूलाई भूमिगत गरेको हो।