बिराटचौक  ।   मोरंगक़ो बेलबारी नगरपालिका वडा नम्बर -२ मा एकैरात  ५ वटा घरमा चोरी भएको छ ।

बेलबारी २ लोकतान्त्रिक मार्गका इन्द्र राई, सङ्गीता मगर, थापा, सुरज थापा, लक्ष्मी चौकका विश्वदीप राईको घरमा चोरी भएको छ । गए राती भएको सम्बन्धित पीडितहरू बताउँछन् । ति सबै घरहरुमा चोरी भएको हो । 

OM Sai Pathibhara Hospital

इन्द्र राईको पहिलो तालाको घरको झ्याल र  ढोकाका फोडी, दोस्रो ताला प्रवेश गर्ने फलामे गेटको ताला तोडी ५ तोला सुन र १५ हजार नगद चोरी गरेको छ । चितवन पोखरा घुम्न गएको बेला घरमा कोही नभएको दाउपारि चोरी भएको स्वयम राईले जनाए । राईका अनुसार बुधबार बिहान घुमेर फर्कँदा घरमा झ्याल, डोका फोडिएको, कोठाको सबै सामान छरपस्ट भएको अवस्थामा भेटिएका थिए ।

सङ्गीता मगरको घरबाट ११ तोला चाँदी, आदी तोला सुन र रु.९ हजार चोरी भएको स्वयम उनले बताइन । उनी माइत गएको बेला कोही नभएको दाउपारि  घरमा चोरी भएको सङ्गीता बताउँछिन् । सङ्गीताको श्रीमान् यम बहादुर मगर सशस्त्र प्रहरीमा कार्यरत छन् ।

सुरज थापाको घरमा भएको चोरी पनि सोही प्रकृतिको छ । थापा परिवार भोजपुर गुम्न भएको बेला रु.१५ हजार, दुई वटा स्मार्ट घडी  चोरी भएको हो ।  विश्वदीप राईको घरमा भने दुई पटक चोरी भइसकेको छ । गत वर्ष दिसंबरमा साढे ४ तोला सुन, ५५ वटा कासोको थाल र पुरानो पैसाहरू चोरी भएको राई परिवारले जनाए । यस पटक भने खुत्रुकेमा भएको रकम, कोरियाबाट ल्याएको हातमा लगाउने घडी र एउटा खुकुरी चोरी भएको विश्वदीपका श्रीमती सारा राईले बताइन ।

राईको घरमा पनि   चोरी भएको हो । साराका अनुसार नवंबर १२मा दिउसो आफन्तको घरमा भेटघाटको लागि गएका थिए । सो दिन आफन्तकोमै बसे, र आज फर्कँदा घरमा सबै सरसामानहरू लथालिङ्ग रहेको भेटिएको राई परिवार बताउँछन् ।

विश्वदीप दक्षिण कोरियामा वैदेशिक रोजगारमा कार्यरत छन् । उनी छुट्टी आएका हुन । बर्षेनी चोरीको घटनाले विश्वदीप र उनको परिवारलाई त्रसित बनाएको छ ।  एक महिना अघि पनि शान्ति चौकका किरण राईको पल्सर बाइक चोरी भएको थियो ।