सुनसरी । सुनसरी जिल्लको हरिनगर गाउँपालिका वडा नं. ७ मा बाढी पीडितलाई गाउँपालिका मार्फत सेवक नेपालले बाँट्ने राहतको लागि संकलन गरिएको नामावली बिषयलाई लिएर चलिरहेको बिवाद आज टुंगो लागेको छ।
सो विवाद पछि गाउँपालिका अध्यक्ष गफार अंसारी एवं वडा अध्यक्ष मुज्जमिल खानको रोहबरमा गठन गरिएको सर्वदलीय तथा सर्वपक्षीय १५ सदस्य नामावली सङ्कलन समितिले आज अन्तिम नामावली पेस गरे संगै विवादको टुंगो लगाए ।
जस अनुसार १५ सदस्य नामावली सङ्कलन समितिले अब पनि नामावली तथा राहत वितरणको बिषयलाई लिएर कुनै विवाद उत्पन्न भए सोक़ो जिम्मेवारी समितिले लिने र यसमा गाउँपालिका अध्यक्ष गफार अंसारी तथा गाउँपालिकाको कार्यालय साथै वडा अध्यक्ष कुनै जिम्मेवार नहुने निर्णय सर्व सम्मतले १५ सदस्यीय समितिले गरेको छ।