काठमाडौं–पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ । हुस्सुका कारण उडान प्रभावित भएपछि उनलाई एयरपोर्टमै राखिएको छ ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने र अन्य १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिइसकेको छ । लामिछानेको आज नै बयान सकेर कास्की फर्काउने प्रहरीको तयारी रहेको छ । 

OM Sai Pathibhara Hospital

प्रारम्भिक अनुसन्धान अनुसार, बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानको नाममा र १४ करोड २९ लाख रुपैयाँ अन्य व्यक्तिहरूको माध्यमबाट गोर्खा मिडिया नेटवर्कमा पुगेको रिपोर्ट प्राप्त भएको छ । यसै कारण उनको बयान लिन रुपन्देही लगिने भएको हो ।