काठमाडौं- मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अधिकारीलाई विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

थप अनुसन्धानका लागि उनलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ । 

मन्त्री अधिकारीसहित मन्त्रालयसँग असम्बन्धित ४ जनालाई जापानको अध्यागमन विभागले नेपाल फिर्ता पठाइदिएपछि उनी विवादमा तानिएका थिए ।

पूर्वमन्त्री अधिकारीसँग जापान पुगेका ३ जना युवासहित ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

प्रहरीको हिरासतमा रहेका युवाहरुले आफूहरु १० लाखदेखि १३ लाख रुपैयाँ तिरेर मन्त्री अधिकारीसँग जापान गएको बयान दिएका छन् ।