काठमाडौं–नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ। शुक्रबार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३० पैसा पुगेको छ भने युरोको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा कायम भएको छ।
त्यस्तै, युके पाउण्डको खरिद दर १७३ रुपैयाँ ८८ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्कको खरिद दर १५३ रुपैयाँ ६९ पैसा र बिक्री दर १५४ रुपैयाँ ३७ पैसा रहेको छ। यसैगरी, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल लगायतका मुद्राहरूको पनि विनिमय दर सार्वजनिक गरिएको छ।
राष्ट्र बैंकले जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने बताएको छ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध गराइनेछ।