काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार बिहान ३:०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस ठोक्किँदा यो दुर्घटना भएको हो।

दुर्घटनामा विद्युतीय सवारीमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, ४० वर्षीया अज्ञात महिला, ३२ वर्षीय पुरुष र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। घाइते भएका अन्य छ जनामध्ये दुईको भरतपुर अस्पताल र चारको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।