काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई दिँदै उनको कार्यकाल सफल होस् भन्ने कामना गरेका छन्। ओलीले ट्रम्पको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप प्रगाढ बन्ने र पारस्परिक समृद्धिमा टेवा पुग्ने आशा पनि व्यक्त गरेका छन्।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले पनि सामाजिक सञ्जालमा ट्रम्पलाई बधाई दिँदै उनको ऐतिहासिक जितको प्रशंसा गरेका छन्। उनले अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको सफलताको कामना गर्दै नेपाल-अमेरिका सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।