सुनसरी । तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउ गरेको छ । तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवा तास खेल्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका ३ नडाहाबाट १५ जना र इनरुवा नगरपालिका ६ मधेसाबाट १६ जना जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मधेषामा जुवा तास खेल्नेहरूको साथबाट २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र वराहक्षेत्रको नडाहाबाट ९ लाख लाख ६८ हजार रुपैयाँ बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
नवंबर २क़ो राती मधेषाबाट पक्राउ परेका १६ जना र नवंबर ३क़ो बिहान नडाहाबाट पक्राउ गरिएका १५ जनालाई मङ्गलवार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । सुनसरी जिल्ला अदालत बन्द भएका भएका कारण दुई दिन अघि पक्राउ गरिएको भए पनि उनीहरूलाई म्याद थप गर्न सकिएको थिएन ।
तिहारको मङ्गलवारबाट खुलेसँगै उनीहरूलाई अदालतबाट म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।