काठमाडौं- काठमाडौँको नागढुंगाबाट प्रहरीले आधा किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका-४ घर भएका २३ वर्षीय एलिस ढकाल रहेका छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको अन्तिम सिटमा रहेका ढकालको साथबाट सुन बरामद गरेको हो ।
प्रहरीले खानतलासी गर्दा कालो टेपले बेरेर ल्याएको उक्त सुन बरामद गरिएको हो । ढकालले सुन नेपालगञ्जबाट ल्याएको प्रहरीलाई बताएका छन् ।
पक्राउ परेका ढकाललाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।