काठमाडौं—गोसाइँकुण्ड गाउँपालिका–३ को यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय पर्यटक मारेक होलेसेक्का दुई साता पछि सम्पर्कमा आएका छन्। शुक्रबार साँझ लाङ्टाको क्याङ्जेनस्थित हायर गेष्ट हाउसमा उनले सम्पर्क गरेका हुन्। रसुवा प्रहरी प्रमुख केशव भट्टराईले होलेसेक्काको सम्पर्कमा आएको पुष्टि गरेका छन्।

तर उनीसँगै गएका ३४ वर्षीय स्लोभाकियाका पर्यटक ओनरेज हुसर्के अझै सम्पर्कविहीन छन्। खोजी अभियानअन्तर्गत पाइलट विवेक खड्काले हिमाली गहिरो खोचमा ओनरेजको सिल्पिङ ब्याग देखिएको जानकारी दिए। शुक्रबारको प्रतिकूल मौसमले खोजीमा बाधा पुर्‍याएपछि शनिबार सिल्पिङ ब्याग फेला परेको हो।

OM Sai Pathibhara Hospital

यसैबीच, गोसाइँकुण्ड यात्राका क्रममा खुट्टामा चोट लागेका जर्मन नागरिक ४३ वर्षीय रोवर्ड जर्ज न्यू वरलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरीविनायकबाट उद्धार गरेको छ। उनको हाल सोह्रखुट्टेस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ।