काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अघि बढाउने बताएका छन् । शङ्खधर साख्वा: प्रतिष्ठानले मध्यपुरथिमि स्थित शङ्खधर साख्वा: चोकमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल भाषा, संस्कृति र सभ्यतालाई जोगाउन आफू तयार रहेको उल्लेख गरे । प्रधानमन्त्रीले नेपाल भाषालाई मैथिली र भोजपुरीजस्तै ऐच्छिक विषयको रुपमा समावेश गर्न सकिने बताए । 

सरकारी स्तरबाट नेपाल भाषाको संरक्षणका लागि प्रयास भइरहेको उनको भनाई थियो । नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिबाट नेपाल भाषामा समाचार प्रसारण भइरहेको ओलीले जानकारी गराए । साथै, भक्तपुरको ऐतिहासिक कला र संस्कृति संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

OM Sai Pathibhara Hospital

सो अवसरमा प्रधानमन्त्री ओलीले न्ह्यज्या: खल: थिमि र नेपाल संवत् अभियन्ता सुरेशकिरण मानन्धरलाई शङ्खधर सम्मान प्रदान गरेका छन् ।