काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने आवश्यकता व्यक्त गरेका छन्।

आज मुख्यमन्त्री निवासमा मोरङका सञ्चारकर्मीहरूसँग देउसी खेल्नका क्रममा उनले तिहार जस्ता चाडहरूले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव र एकतामा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

OM Sai Pathibhara Hospital

उनले यस वर्ष प्रदेशमा आयोजना हुने लगानी, चिया सम्मेलन, र ुकोशी प्रदेश पर्यटन वर्ष, २०८२ु कार्यक्रमहरूले आर्थिक गतिविधि र रोजगार वृद्धि गर्दै नागरिकको जीवनस्तर उकास्नमा मद्दत गर्ने जानकारी गराए । 

मुख्यमन्त्री कार्कीले पत्रकारहरूलाई ती कार्यक्रमहरूलाई सफल बनाउन सहयोग गर्न अनुरोध गर्दै झापाको काँकडभिट्टा र विराटनगरमा भारतीय पर्यटकको लागि सूचना केन्द्र स्थापना गरिने कुरा उल्लेख गरेका छन् ।