प्यूठान – माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी-३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो।

बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजबाट दुई सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै, स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएका खनाललाई बेली ब्रिज नजिक नुहाउने क्रममा नदीले बगाएको थियो। खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको छ।