काठमाडौं–गृहमन्त्री रमेश लेखकले चाडपर्वले परिवार र समाजलाई मात्र होइन, मानवीय महत्व पनि राख्ने बताएका छन् । पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाडपर्वले मानिसहरूलाई नजिक ल्याउने र सम्बन्धलाई बलियो बनाउने बताएका हुन् । 

उनका अनुसार कामका कारण मानिसहरू टाढा हुनुपर्छ, चाडपर्व नमनाउँदा परिवारमा दूरी बढ्न सक्छ र नातागोता अपरिचितजस्तै बन्न सक्छन् । चाडपर्वको सामाजिक र मानवीय दुवै महत्व छ । गृहमन्त्री लेखकले समाज निर्माणका लागि चाडपर्व आवश्यक रहेको औँल्याउँदै यस्ता अवसरमा जमघटमा सहभागी हुनुको ठूलो महत्व रहेको बताएका छन् ।