काठमाडौं–काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रको चटपटे र किराना पसलमा गएराति आगलागी हुँदा चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
सौभाग्यविक्रम शाहको घरमा सञ्चालनमा रहेको उक्त पसलमा भएको आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रामहिटीबाट आएको दमकलले राति नै आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुमान अनुसार, दीपावलीको बत्तीबाट आगलागी भएको मानिएको छ ।