पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तिहार हिरासतमै हुने भएको छ।

सभापतिलामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद बिहिबारबाट सकिए पनि सार्वजनिक बिदाले तिहार हिरासतमै हुन लागेको हो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका उनको सरकारी वकिलको कार्यालयमा बयान सकिएको हो ।

OM Sai Pathibhara Hospital

सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ। कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधबार सकिएपछि बिहिबारदेखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेश गरिने कास्की प्रहरीको तयारी रहेको छ ।

कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।