काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ।
बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो।
भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ। पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ र डिजेलमा १.०४ रुपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।नयाँ परिवर्तन गरिएको नयाँ मूल्य शुक्रबार बिहानदेखि लागु हुने निगमले जनाएको छ ।