काठमाडौं–सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण शुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार, प्रभावित ३३८ घरधुरीमा रु ५ लाखदेखि ३४ लाखसम्मको मुआब्जा वितरण गरिनेछ। आयोजनाका लागि करिब ६५.९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ। प्रभावित स्थानीयलाई लगभग रु १ अर्ब ४० करोडको मुआब्जा वितरण गरिनेछ।

OM Sai Pathibhara Hospital

अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि तल्लो अरुण निर्माण गर्न पानी ल्याउने योजना रहेको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताउनुभयो। सतलजले अहिले ९०० मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गर्दैछ।