काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ २५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।

साथै, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १२ पैसा, क्यानेडियन डलरको ९६ रुपैयाँ ६६ पैसा, र सिङ्गापुर डलरको १०१ रुपैयाँ ३२ पैसा रहेको छ। अन्य मुद्रामा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ७५ पैसा, चिनियाँ युआनको १८ रुपैयाँ ८१ पैसा, र साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा रहेको छ।

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दर संशोधन गर्न सक्नेछ भने अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।

Screenshot 2024-10-30 070024