काठमाण्डौ । काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

सांसदसहित ५१ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर आज साँझ छाडेको छ। दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

OM Sai Pathibhara Hospital

काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सबैजनालाई छाडिएको जानकारी दिए।निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ।