काठमाण्डौ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्र श्रेष्ठ (ताप्लेजुङ), सांसद अशोक चौधरी, प्रदिप विष्ट (काठमाडौं), सुरेश पोखरेल (झापा), ध्रुब ढकाल (सिन्धुपाल्चोक), नवराज भण्डारी (काठमाडौं), प्रकाश लामिछाने (गोर्खा), रक्षा रायमाझी (काठमाडौं), साहिल प्रिया (नुवाकोट), सवी खड्का (ललितपुर), बुद्धरत्न महर्जन (ललितपुर)  दयाराम नेपाल (सिन्धुपाल्चोक), सुरेन्द्रराज अवाले (ललितपुर), शैलेन्द्र खत्री  (भक्तपुर), उमेश लामा (सिन्धुपाल्चोक), खुसिराम कैनी (तनहुँ) नवराज मुडबरी ( गोर्खा) रहेका छन्। गरी १७ जनालाई पक्राउ गरेको हो ।उनीहरूलाई नेपाल हाउस अगाडिबाट पक्राउ गरिएको हो।

OM Sai Pathibhara Hospital

अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधविरुद्ध आज प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ।