काठमाडौं–नेपाल प्रहरीले कतारमा रोजगारी दिलाउने भन्दै ठगी गरेको अभियोगमा एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–४ स्थित एक होटलमा बिना सरकारी अनुमति कतार पठाउने आश्वासनमा अन्तर्वार्ता लिइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्तिहरूमा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ निवासी ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव, र ३९ वर्षीय सूर्यनारायण दाव रहेका छन्।
प्रहरीको अनुसार, उनीहरूले कतार पठाउने बहानामा केही व्यक्तिबाट रकम असुलेको पाइएको छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले दिएका छन्।





































