काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा तथा पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ २१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा छ भने जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । यस्तै, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ ।

OM Sai Pathibhara Hospital

साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमय दरमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ ।

Screenshot 2024-10-29 072849