काठमाडौं–सल्यानको कपुरकोट गाउँपालिका–६, सिनबाङ्गमा सोमबार बेलुकी मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय अनिल भण्डारी, र १५ वर्षीया सिर्जना बस्नेत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले रिफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

मिनी ट्रक सडकबाट १५० मिटर तल खसेको थियो भने साँघुरो बाटोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले बताएका छन्।