काठमाडौं– आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार मूल्य वृद्धि भइरहँदा आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा, एक लाख ६७ हजार चार सय रूपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

यसअघि सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो भने शुक्रबार प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा रहेको थियो। 

OM Sai Pathibhara Hospital

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर दुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।