काठमाडौं–दाङमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिवार बिहान करिब साढे तीन बजेतिर राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको बोलेरो पिकअप गाडी दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीका अनुसार, दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको घटनास्थलमै मृत्यु भएको छ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा घाइते भएका सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ वर्षीय देवा वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय जीवन वलीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।