काठमाडौं–नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ रहेको छ। युरोपियन यूरोको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.९३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरिददर १७४.२४ रुपैयाँ र बिक्रीदर १७५.०२ रुपैयाँ तोकिएको छ। 

स्वीस फ्रयाङ्कको खरिददर १५४.७७ रुपैयाँ र बिक्रीदर १५५.४६ रुपैयाँ रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ८८.९९ रुपैयाँ र बिक्रीदर ८९.३९ रुपैयाँ, क्यानेडियन डलरको खरिददर ९६.९२ रुपैयाँ र बिक्रीदर ९७.३५ रुपैयाँ, सिङ्गापुर डलरको खरिददर १०१.६५ रुपैयाँ र बिक्रीदर १०२.११ रुपैयाँ कायम गरिएको छ।

OM Sai Pathibhara Hospital

जापानी येनको खरिददर ८.८४ रुपैयाँ र बिक्रीदर ८.८८ रुपैयाँ, चिनियाँ युआनको खरिददर १८.८४ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ, साउदी अरेबियन रियालको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ तोकिएको छ। 

राष्ट्र बैंकले उल्लेख गरेको छ कि विनिमय दर कुनै पनि समयमा संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

Screenshot 2024-10-26 081425