काठमाडौं–उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी एलिस अलब्राइटबीच परियोजना कार्यान्वयन र अन्तरदेशीय प्रसारण लाइनबारे छलफल भएको छ । नेपाली राजदूतावासका अनुसार, एमसिसी परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे समीक्षा गरिएको थियो ।

त्यसैगरी, पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगका विषयमा छलफल भएको र नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बो लीले बताए । भेटमा अर्थसचिव रामप्रसाद घिमिरे, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, र कार्यवाहक राजदूत कुमारराज खरेल सहभागी थिए ।