काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा छ, भने यूके पाउण्डको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । 

साथै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा, र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तय गरिएको छ । राष्ट्र बैंकले आवश्यक परेमा यी दरहरू संशोधन गर्न सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूले विनिमय दर फरक राख्न सक्ने जानकारी पनि दिएको छ ।

OM Sai Pathibhara Hospital

Screenshot 2024-10-25 073324