काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ । रास्वपाले सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा आन्दोलन गर्ने भएको छ ।

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।अदालतको आदेशको केही घण्टापछि नै रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

OM Sai Pathibhara Hospital

प्रदर्शनमा सहभागी हुन रास्वपाले सबैलाई आह्वान गरेको छ। अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरुले ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने बताएका छन्।रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले गत शनिबारदेखि नै पोखरामा समेत प्रदर्शन गरिरहेको छन् । यसैबीच रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि अनुमति दिएको छ ।