काठमाण्डौ  ।   चितवनको टिकौली जंगलमा २ ट्रक र १ ट्यांकर ठोक्किँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन् ।

मङलबार करिब ११:३० बजे टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक ठक्कर खाँदा ०३-००२ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरका वर्ष २६ का अनिश स्याङ्तान  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।