काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने छ ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सरकारले दल विभाजन गर्न सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लाग्दा कांग्रेसले यसलाई रोकिदिएको थियो। विवादित व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालयको भवन बनाउन ओलीले जग्गा दान लिएपछि कांग्रेसका केही नेताहरुले यसलाई विरोध गरिरहेका छन्। 

सरकार परिवर्तनको चर्चाकाबीच ओलीले बोलाएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। लोकतान्तित्र समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सत्ता गठबन्धन छाडेर प्रतिपक्षमा गएपछि सत्तारुढ भित्रै हलचल मच्चिएको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणको छानबिनका लागि पक्राउ नै परेपछि विपक्षी दलहरु मोर्चाबन्दी गरेर सरकारविरुद्ध लाग्ने रणनीतिमा लागेका छन्। 

सरकारले एक सय दिनसम्म पनि उपलब्धिमूलक काम गर्न नसकेको तर आफूहरुलाई पेल्ने रणनीति मात्र बनाएको भन्दै विपक्षी दल आक्रोसित भएका बेला सत्ता गठबन्धनको बैठक निकै अर्थपुर्ण रहेको छ।