झापा  । झापाको दमकमा जग्गा सम्बन्धी विवादले झडप हुँदा बुधबार साँझ दमक नगरपालिका–९ का देशु भनिने यमु निरौलाको मृत्यु भएको हो।

दमक–३ स्थित घडेरीको विषयमा विवाद भएर झडप हुँदा निरौला गम्भिर घाईते भएका थिए। निरौलालाई उपचारका लागि आम्दा अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

OM Sai Pathibhara Hospital

उक्त घटनाको विषयमा थप अनुसन्धान गरिरहेको दमक प्रहरीले वताएको छ।