काठमाण्डौ । विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले सरकार टिकाउन दुई दलीय तानाशाही लादन तथा अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न चेतावनी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा माओवादी केन्द्रका प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।