काठमाडौं— सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दशैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।

OM Sai Pathibhara Hospital

दशैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दशैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो । असोज ३० गते १ लाख ६१ हजार ८ सय, कात्तिक १ गते १ लाख ६२ हजार ४ सय, कात्तिक २ गते १ लाख ६४ हजार ४ सय र कात्तिक ४ गते १ लाख ६५ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि अहिलेसम्मकै महँगो भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ । आइतबार भने चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ रहेको थियो ।

मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ। भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ।