सुनसरी  ।   सुनसरीको वराहक्षेत्र नगरपालिका वडा  नं १ को झण्डी चौक अगाडि करम खोला छेउमा कार दुर्घटना भएको छ।

बागमती प्रदेश ०१-०२७ च ६०६९ नम्बरको क्रेटा सेतो कार चिप्लिएर घर को ट्वाइलेटमा ठोक्किएर  उत्तानो परेको छ। कारमा सवार एकै परिवारका ४ जना घाइते मध्ये १ जनाको अवस्था चिन्ताजनक देखिएको  छ ।

OM Sai Pathibhara Hospital

घाइते ४ जनालाई उपचारको लागि वि पी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको  छ।