भद्रपुर  ।  बिर्तामोडबाट बनियानी जाँदै गरेको म्याजिक भ्यान भद्रपुरको झिलिमिली पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटना भएको छ। दुर्घटनामा भ्यान सवार ७ जना घाइते घाईते भएका छन। 

आइतबार साँझ बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको मे १ ज ३६५७ नम्बरको म्याजिक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।घाइते हुनेहरुमा कचनकवल –६ बस्ने वर्ष ३७ की कुन्ती दाहाल, भद्रपुर नगरपालिका –२ बस्ने वर्ष ३६ की बेबी मगर, सोही ठाउँ बस्ने वर्ष ३४ की भिमा गुरुङ, वर्ष १८ की सुनो लिम्बू, वर्ष २९ की समीक्षा तामाङ, वडा नं ३ बस्ने वर्ष ३० की एलिजा गुरुङ, वडा नं १ बस्ने वर्ष ४७ का गाडी धनी भीमकुमार लिम्बू रहेका छन् । सबै घाइतेहरु अवस्था सामान्य रहेको छ।

OM Sai Pathibhara Hospital

घाइतेहरूको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । म्याजिक चालक भद्रपुर १ हिमाली बस्ने वर्ष ५१का दिलीप सारूँ मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।