काठमाडौं- सरकारले नागरिक उड्डयन क्षेत्रको समष्टिगत अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निणर्य गरेको सन्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुले जानकारी दिए ।
आइतबार मन्त्रीपरिषदको निणर्य सार्वजनिक गर्दै गुरुङले मन्त्री परिषद बैठकले समितिको कार्यसर्त समेत स्वीकृत गरेको जानकारी दिए ।
समिति सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी र हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान रहेका छन् ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।