काठमाण्डौ   ।   हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ।देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडि भू-भागका एक\दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

आज राती कोशी प्रदेश, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।