काठमाडौं— गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको बीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।
काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले बीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।