इलाम— इलामको चुलाचुलीमा हात्ती आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिका–१  का ७३ वर्षीय राजकुमार राई रहेका छन् । 

सोमबार बेलुका गाउँ पसेका हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणमा परी राई घाइते हुनुभएको थियो । घाइते राईलाई झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । 

OM Sai Pathibhara Hospital

उपचारका क्रममा राईको गए राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।  चुलाचुली–१ घर भएका राई वडा २ को निगुरेमा खेतीपाती गरी बस्दै आएका थिए।