काठमाडौं— पाँचखाल नगरपालिका ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। 

शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५० किलोमा सडक पूर्णरूपमा अवरुद्ध भएको हो। 

OM Sai Pathibhara Hospital

ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको जानकारी दिए। अवरुद्ध राजमार्ग एकतर्फी खुलाउन पहिरो पन्छाउने काम भइरहेको उनले बताए। 

राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधनको लाम लागेको छ।