काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले हालै आफूले गरेको भुटान-भ्रमण निजी भएको प्रतिक्रिया दिएका छन्।

निर्मलनिवासमा शनिबार सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

OM Sai Pathibhara Hospital

पूर्वराजा शाहले भुटानमा आफूले पाएको सम्मान नेपाल र नेपालीको भएको दाबी गरे ।  यसका लागि उनले त्यहाँको राजपरिवारलाई र जनतालाई हृदयदेखि कृतज्ञता व्यक्त गरे।