कैलाली । मुलुकभर दसैंको उल्लास चलिरहदा चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले महानवमीको राति बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
चुनाराले राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारगरि ४७ वर्षीया हीरादेवी चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोलीले चुनारालाई नियन्त्रणमा लिइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।