काठमाण्डौ । डडेल्धुरामा जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोरा भित्र फेला परेको हो।

शुक्रवार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको प्रहरीले बताएको छ।  बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशँका प्रहरिले गरेको छ।

OM Sai Pathibhara Hospital

मृतक बालिकाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ। प्रहरीले शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई सार्वजनिक गरिएको छैन। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।