खोटाङ  ।  आज बिहान सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।

ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको र तत्काल अवरुद्ध सडक हटाउन ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर ल्याएर हटाउने काम भैरहेको छ। त्यस क्षेत्रमा झण्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको छ । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत ठप्प छ ।

OM Sai Pathibhara Hospital

सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।