काठमाडौं— नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुई दिन बस निःशुल्क चलाउने भएको छ। बिहीबार सूचना जारी गर्दै सार्वजनिक यातायातका साधनहरू कम चल्ने भएकाले सर्वसाधारणलाई सहजताका लागि  निःशुल्क बस चलाउने जानकारी दिएको हो। 

सूचना अनुसार एउटा बस रिङरोडभित्र र अर्को बस रिङरोडबाहिरका यात्रुलाई मध्यनजर गरेर सञ्चालन सञ्चालन गरिने छ। 

OM Sai Pathibhara Hospital

आज र भोलि बिहान साढे ८ बजे र अपरान्ह चार बजे दुई रुटमा बस सञ्चालन हुनेछन् । 

काठमाडौं उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुने प्रहरीले जनाएको छ।

यसैगरी दुई नम्बर रुटको बस नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ।

हेर्नुहोस् नेपाल प्रहरीले सार्वजनिक गरेको रुटसहितको सूचना ।

Police_Bus